पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) जिततर्फ उन्मुख छन् ।
महासंघको सातौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले प्रतिस्पर्धी हरिशरण केसीलाई धेरै पछाडि पारेका छन् ।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिटौलाको पक्षमा ९३२ मत आउँदा केसीले ३९० मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ । केही समयमा नै नजिता सार्वजनिक गर्ने तयारी भइरहेको छ ।






Comments are closed.