काठमाडौं । यति एयरलायन्सले सस्तो भाडादरसहितको अफर ल्याएको छ । अगस्ट ८ देखि १४ सम्म लागु हुने गरी यति एयर लायन्सले ‘यति सस्तो’ अफर ल्याएको हो । यति एयरलायन्सको मोबाइल एप तथा वेवसाइटबाट ‘YETISASTO’ प्रोमोकोड प्रयोग गरी टिकट खरिद गर्दा यात्रुले सस्तो अफरको टिकट खरिद गर्न सक्नेछन् ।
यो प्याकेज अनुसार काठमाडौं–पोखरा र काठमाडौं–सिमराको भाडा १५ सय रुपैयाँ कायम गरिएको छ । काठमाडौं–भैरहवा र काठमाडौं–विराटनगरको भाडा १८ सय रुपैयाँ कायम गरिएको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । काठमाडौं भद्रपुरको भाडा १९ सय रुपैयाँ र काठमाडौं–नेपालगञ्जको भाडा २५ सय रुपैयाँ काम गरिएको छ ।
यति एयरलायन्सले समय समयमा यात्रुहरुको हितलाई मध्यनजर गर्दै विशेष छुटसहितको अफर ल्याउँदै आइरहेको छ । यो अफरबाट धेरै यात्रुहरु लाभान्वित हुने एयरलायन्सले विश्वास लिएको छ ।
Comments are closed.