यतीको चार्टर उडान मार्फत भारत फर्किए सद्गुरु

काठमाण्डौं । नेपालमा लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठा गर्न नेपाल आएका ईशा फाउन्डेसनका संस्थापक जग्गी वासुदेव ‘सद्गुरु’ यती एयरलाइन्सको चार्टर उडान मार्फत भारत फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरलाईन्सको जहाज चार्टर गरि अहमदाबाद गएका हुन् । यस अघि फाल्गुन २० गते पनि उनी यतीकै चार्टर उडान मार्फत बैंगलोरबाट नेपाल आएका थिए । उनी सवार यतीको जहाजले ३ः४३ बजे काठमाडौंबाट उडान भरेको थियो। उडान ३ घण्टा पैंतालीस मिनेटको हुने यती एअरलाईन्सले जनाएको छ।

सद्गुरुले बिहीबार मात्रै टुंडिखेलमा भैरवि उत्सवमा प्रवचन दिएका थिए। सद्गुरु एक योगी, आध्यात्मिक, लेखक र ईशा फाउन्डेसनका संस्थापक हुन् । उनका संसारभर लाखौं अनुयायी छन् ।

You might also like

Comments are closed.