काठमाडौं । मिस नेपाल २०८० को “यती एअरलाइन्स वुमेन विथ द विङ्स” ट्यालेन्ट सो राउन्ड आज पोखरामा हुँदैछ ।
सो कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरु आज पोखरा पुगेका छन् । ट्यालेन्ट सोको विजेताले “वुमेन विथ द विङ्स” उपाधि पाउनेछिन्, जसलाई यती एअरलाइन्सले प्रायोजन गरेको छ ।
निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सिइओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्नील खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ ।
Comments are closed.