काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एअरलाइन्सले रात्रिकालीन उडान (आई एफ आर उडान) शुरु गरेको छ । यो उडान आजबाट लागुहुनेगरी उसले तालिका समेत मिलाएको छ ।
पोखरा अन्तर्रास्ट्रिय विमानस्थलमा यस अघि नै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुने गरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान नं. एनवाईटि ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नं. एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
‘हाललाई साँझको लागि एउटा मात्र उडान रहेपनि यात्रुको माग अनुसार हालको समय भन्दा पछाडि उडान संख्या थप हुँदै जानेछ,’ उनले भने ।
आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले जानकारी दिए । पोखराका लागि यतीले हाल दैनिक ६ वटा उडान गर्दै आएको छ ।
Comments are closed.