धनमायाले जितिन् ‘महोत्सवको बहार, यतीको उडानमा शान्दार उपहार’ अन्तर्गत बजाज पल्सर एनएस २००

यती एअरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतीको उडानमा शान्दार उपहार’ चाडपर्व–विशेष अफरको बम्पर उपहार धनमाया राईले जितेकी छन् ।

यतीले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’मा राईले बजाज कम्पनीको तर्फबाट रु ३ लाख ३९ हजार ९ सय मूल्य बराबरको पल्सर एनएस २०० सिसिको मोटरसाइकल प्राप्त गरेकी हुन् । राईले यती एअरलाइन्समा कार्तिक ९ गते काठमाडौं–बिराटनगर उडान गरेकी थिइन् ।

यस्तै, दोस्रो पुरस्कार बिन्दा श्रेष्ठले हात पारेकी छिन् । उनले थाइलायन एअरको तर्फबाट दुईजनाको लागि बैंकक (थाइल्याण्ड)को दुईतर्फी हवाई टिकट प्राप्त गरेकी छिन् । श्रेष्ठले यती एअरलाइन्समार्फत कार्तिक २१ गते विराटनगर–काठमाडौं उडान गरेकी थिइन् ।

यसैगरी, तेस्रो पुरस्कार कार्तिक २७ गते काठमाडौं–भैरहवा उडान गरेकी तिर्थकुमारी भण्डारीले प्राप्त गरेकी छन् । तेस्रो पुरस्कारको रुपमा भण्डारीले एकलाख ५ हजार मूल्य बराबरको एलजीको वासिङ्ग मसिन जितेकी हुन् ।

त्यस्तै, चौथों पुरस्कार आयुष पौडेलले हात परेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट रु ८२ हजार मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन् । उनले कार्तिक ७ गते पोखरा–काठमाडौं उडान गरेका थिए ।

सोही योजना अन्तर्गत, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये विमल कर्मचार्य र अभिशेख अमनले सिदार्थ बुटिक होटलको जोडीसहित ‘नाइट स्टे’ प्राप्त गरेका छन् । त्यस्तै, अर्जुन सिंह र निलम कुमारी महतोले फार्म सपको तर्फबाट र सरोज डङ्गोल र शारदा अधिकारीले लुक्ला आउट डोरको तर्फबाट रु ७ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यस्तै, हरे यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट Sureshot Prize को रुपमा डिस्काउण्ट भौचर प्राप्त गरेका थिए भने विशेष क्रियशनको तर्फबाट ३ जना यात्रुहरुले रु १५ सय मूल्य बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए ।

यती एअरलाइन्सले चाडपर्वको समयमा यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी असोज २८ (घटस्थापना देखि मंसिर ७ गते (छठ पर्व)सम्म ४० दिनको अवधिभर उडान भर्ने यात्रुबीच ‘लक्की ड्र’ गरेको थियो । सोही अवधिमा करिब एकलाख यात्रुहरुले यती एअरलाइन्समा यात्रा गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बिजेता यात्रुहरुलाई एअरलाइन्सले सम्पर्क गरी उपहार वितरण गरिने उनले जानकारी दिए ।

 

You might also like

Comments are closed.