काठमाडौं । नजिकिदै गरेको प्रेम दिवस (भ्यालेन्टाइन डे) फेब्रअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको छ । सो अवसरमा एअरलाइन्सले विशेष उपहारको पनि व्यवस्था गरेको छ । यो योजना आइतबार सार्वजनिक गरिएको हो ।
पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म यातायात सेवा उपलब्ध गराउने एयरलाइन्सले जनाएको छ । यातायात सेवामा ‘पिक मि’ले सहकार्य गर्नेछ । अफर अन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा एक हजार क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड प्रदान गरिने एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आर्थिक आवाजलाई जानकारी दिए ।
कम्पनीले पर्वतीय उडानका लागि एक जनाका लागि ८ हजार ८ सय ४८ रुपैयाँ र जोडीका लागि ९ हजार ८ सय ४८ रुपैयाँ भाडादर कायम गरेको छ । पछिल्लो समय पर्वतीय उडानमा आन्तरिक यात्रुहरुको उल्लेख्य सहभागिता देखिएकाले उक्त दिनलाई लक्षित गर्दै विशेष योजना ल्याएको बर्तौलाले जानकारी दिए ।
हाल यती एअरलाइन्सले ९ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ । भगिनी संस्था तारा एअर मार्फत विभिन्न दुर्गम गन्तव्यहरुमा उडान सेवा पनि प्रदान गर्दै आएको छ ।
Comments are closed.