काठमाडौं । यती एयरलाइन्स ले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गर्ने जनाएको छ ।
कम्पनीले सूचना जारी गर्दै निर्वाचनको दिन देशभर हुने मतदानलाई मध्यनजर गर्दै उक्त दिनका सबै आन्तरिक उडान रद्द गरिएको जानकारी गराएको हो। फागुन २२ गतेदेखि भने नियमित उडान सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउने कम्पनीले स्पष्ट पारेको छ ।
उडान स्थगितबाट यात्रुहरूलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ। साथै, लोकतान्त्रिक प्रक्रियामा सहभागी भई मतदान गर्न कम्पनीले सबैलाई अपिल गरेको छ ।
Comments are closed.