कोरोना संक्रमितको मनोबल बढाउन आईसोलेसनमा योग

 

किमाथाङ्का । कोरोना संक्रमितको मनोबल बढाउन आइशोलेसनमा योग सिकाउन थालिएको छ ।

पतञ्जली योग जिल्ला कार्यसमित सङ्खुवासभाको आयोजनामा हरेक दिन योगा सिकाउने गरेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा जिल्ला अस्पतालको अस्थायी कोभिड आईसोलेसन वार्डमा कोरोना संक्रमितको मनोबल बढाउन पतञ्जली योगले हरेक दिन योग सिकाउने गरेको छ ।

योग मार्फत श्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक क्षितिज बरालले जानकारी दिए । कोरोना संक्रमित मात्रै होइन खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ पनि योग सिक्न तुम्लिङटारको आइशोलेसनमा पुग्ने गरेका छन् ।

lcci
You might also like

Comments are closed.