काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नवीकरणीय ऊर्जा समितिको सदस्यमा युवा उद्यमी प्रकाश सापकोटा मनोनीत भएका छन् । बुद्ध भुमि हाइड्रो पावरका सञ्चालक समेत रहेका सापकोटालाई महासंघले उक्त समितिको सदस्य पदमा मनोनयन गरेको हो ।
महासंघका कार्यकारिणी समिति सदस्य बटु लामिछानेको सभापतित्वमा गठित नवीकरणीय ऊर्जा समितिमा सापकोटालाई चयन गरिएको हो ।
नवीकरणीय ऊर्जा क्षेत्रको विकास, प्रवर्द्धन तथा यस क्षेत्रमा देखिएका नीतिगत, कानुनी एवं व्यावहारिक समस्याहरूको पहिचान गरी समाधानका लागि आवश्यक सुझाव तथा पहल गर्न समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सापकोटाको अनुभव, ज्ञान तथा सक्रिय सहभागिताबाट समितिको कार्यसम्पादनमा उल्लेखनीय योगदान पुग्ने विश्वास महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यक्त गरेका छन् ।

सापकोटा लामो समयदेखि जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सक्रिय रहँदै आएका छन् । महासंघले समितिको उद्देश्यअनुरूप ऊर्जा क्षेत्रको समग्र प्रवद्र्धनमा टेवा पुग्ने आशा लिएको छ ।






Comments are closed.