युवा उद्यमशील नवप्रवद्र्धन प्रस्तावमा समझदारी, बिना धितो १० लाखसम्म ऋण, ब्याजदर कति ?

बागमती । उद्यमशीलताका लागि स्पष्ट र प्रभावकारी योजना भएका तर पूँजीको अभावमा उद्यम सञ्चालन गर्न नसकेका युवालाई लक्षित गरेर वाग्मती प्रदेश सरकारले नवप्रवद्र्धन प्रस्ताव आह्वान गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनसँगको सहकार्यमा ‘स्टार्टअप आइडिया कल’ नामक उक्त द्यम प्रस्तावना प्रतियोगितामूलक हुनेछ । प्रस्ताव आह्वान आयोजनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको उपस्थितिमा समझदारीपत्रमा त्रिपक्षीय हस्ताक्षर भएको हो ।

छानिएकालाई निःशुल्क तालिमदेखि अधिकतम ३ प्रतिशतसम्मको ब्याजदरमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिने, बिना धितो रु १० लाख सम्मको ऋण उपलब्ध गराइने र निशुल्क तालिम दिएर सयजनाका लागि प्रतिव्यक्ति रु २ करोड सम्मको सहुलियत कर्जा प्रवाह गरिने प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत नवराज पुडासैनीले जानकारी दिए ।

jutta mela

समजदारीपत्रमा मन्त्रालयका सचि डा सिन्धुप्रसाद ढुङ्गाना, मन्त्रालयका महाशाखा प्रमुख निरञ्जन क्षेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

कार्यक्रममा मन्त्री नेपालले उत्कृष्ट उद्यम उपाय भएका उद्यमीहरु कार्यक्रममा सहभागी हुनसक्ने बताउदै कार्यक्रमले कम्तीमा २ सय उद्योगी उत्पादन गर्ने वताए ।

You might also like

Comments are closed.