‘जिकर एक्स’, इलेक्ट्रिक लक्जरी एसयुभिको मूल्य परिमार्जन, १० लाख रुपैयाँ सस्तो

काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले, कम्प्याक्ट लग्जरी एसयुभि ‘जिकर एक्स’, नयाँ र परिमार्जित मूल्य रू ७४ लाख ९९ हजार मा उपलब्ध गरेको छ ।

रू.८४ लाख ९९ हजार बजारमूल्य रहेको जिकर एक्स, हाल १० लाख कम मूल्यमा उपलब्ध गराइएको हो । ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन् ।

जिकर एक्स प्रभावशाली २०० किलोवाट मोटरद्वारा सञ्चालित छ, जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्छ र विद्युतीय सवारीको रमाइलोपन फेरि परिभाषित गर्दछ । यसको डब्लुएलटिपि रेन्ज ४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको छ । जिकर एक्स, जिकर ००१ र जिकर सेभेन(एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ ।

यसको संरचना ७३ प्रतिशत हाइ(स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ, जसले गाडीलाई मजबुत बनाउने मात्र होइन, सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ । जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५(स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ । साथै ग्रिन एनक्यापबाट ५(स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ ।

गिलि होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स, लक्जरि, स्मार्ट अर्बान मोबिलिटि र सहज पहुँचको सन्तुलनसहित जिकर एक्स, सहरी इलेक्ट्रिक एसयुभिको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको छ । यसको प्रतिस्पर्धात्मक मूल्य, सहज वित्तीय योजना, र विशेष स्वामित्व सुविधाहरूका कारण, ग्राहकहरूको लागि अहिले नै जिकर एक्स खरिद गर्ने उत्तम समय बनेको छ ।

पायोनियर मोटो कर्प प्रा।लि, इलेक्ट्रिक गाडी खरिद गर्न चाहनेहरूलाई नजिकको सोरुममा पुगी जिकर एक्सको स्टाइलिस डिजाइन र विशेषताहरूको अनुभव गर्दै नयाँ मूल्य र योजनाको लाभ लिन आह्वान गर्दछ ।

पायोनियर मोटोकर्प प्रा।लि।को को बारेमा :
पायोनियर मोटोकर्प प्रा।लि।, नेपालका लागि जिकरको आधिकारिक वितरक हो । साथै यो, निसान मोटर कम्पनिको नेपालमा आधिकारिक वितरक हो । थप जानकारीका लागि ग्राहकले नजिकको सोरुममा सम्पर्क गर्न सक्नेछन् ।

You might also like

Comments are closed.