छालाको सौन्दर्य र स्वास्थ्यप्रति लक्षित ‘जेरोना डर्मा’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । छालाको सौन्दर्य र स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूलाई लक्षित गर्दै जेरोना वेलनेस प्रा. लि., कुलेश्वर हाइट, काठमाडौंले ‘जेरोना डर्मा’ नामक उन्नत डर्मेटोलोजीको उत्पादन सुरु गरेको छ ।

‘जेरो इम्पर्फेक्सन’ नाराका साथ सार्वजनिक गरिएका यी उत्पादनहरू हरेक प्रकारका छालाको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । वैज्ञानिक रूपमा प्रमाणित सामग्रीहरूसहित तयार गरिएका यी उत्पादनहरू छालालाई स्वस्थ, चम्किलो र सन्तुलित बनाउने उद्देश्यले डिजाइन गरिएको जनाइएको छ ।

यस्ता छन् जेरोना डर्माका उत्पादनहरु

WASH GLO (वाश ग्लो) : ग्लुटाथियोन, ग्लाइकोलिक एसिड, एलोवेरा लगायतका सामग्री युक्त फेसवास, सबै प्रकारको छालाका लागि उपयुक्त छ ।

SUNSHED (सनशेड) : जेल प्रकारः SPF ५० PA++++ युक्त सनस्क्रिन, छालामा सेतो अवशेष नछोड्ने, चिल्लो नहुने र हाइड्रेटिङ ।

HYDRA (हाइड्रा) : ह्यालुरोनिक एसिड, स्क्वालेन र बटर बेस सामग्रीले भरिएको मोइस्चराइजिङ लोशन ।

WASH-C (वाश-सी) : भिटामिन सी युक्त फेसवास, कालो धब्बा घटाउँदै छालामा चमक ल्याउने ।

SUNSHED – क्रिम प्रकारः जिंक अक्साइड र टाइटेनियम डाइअक्साइडले भरिएको SPF ५०+ सनस्क्रिन, म्याट फिनिश र पानी प्रतिरोधी ।

HYDRA SOFT (हाइड्रा सफ्ट) : संवेदनशील र सुख्खा छालाका लागि उपयुक्त, कोमल क्लिन्जर ।

HY-SERUM (हाइ–सिरम) : मल्टी–मोलिक्युलर ह्यालुरोनिक एसिड र कोलाजेनसहितको गहिरो हाइड्रेशन दिने सिरम।

SEROMIN-C (सेरोमिन–सी) : २०% भिटामिन–सी युक्त सिरम, एन्टिअक्सिडेन्ट सुरक्षा र टोन सुधारका लागि ।

EVE GROOM (इभ ग्रुम) : नाइट क्रिम, विभिन्न प्रकारका बटर र भिटामिनले भरिएको छालाको गहिरो पोषणका लागि ।

GROOM (ग्रुम) : डे क्रिम, हल्का, चिल्लो नहुने र चम्किलो बनाउने हाइड्रेटिङ गुण ।

जेरोना वेलनेसका अनुसार, छालाको सुरक्षा, पोषण र सौन्दर्यलाई ध्यानमा राखी उत्पादनहरू वैज्ञानिक परीक्षणसहित तयार पारिएको हो । नेपाली बजारमा यी उत्पादनहरुको बिक्री वितरण सुरु भइसकेको कम्पनीले जनाएको छ । स्वास्थ्य तथा सौन्दर्यप्रति सचेत रहनेहरुले यी प्रडक्ट प्रयोग गर्न सक्ने कम्पनीको दावी छ ।

You might also like

Comments are closed.