जेरोनाद्वारा पाँच नयाँ सौन्दर्य उत्पादन सार्वजनिक, बजारमा कुल १५ प्रोडक्ट उपलब्ध

काठमाडौं ।  जेरोना वेलनेस प्रा.लि.ले सौन्दर्य तथा छाला–सुरक्षालाई लक्षित गर्दै पाँच नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ । गत जेठमा १० प्रकारका प्रोडक्टसहित नेपाली बजारमा प्रवेश गरेको जेरोनाले अहिले हाइड्रा टोनर, एक्सफोली फेसवास, सनसेड टिन्टेड, मोइस्चराइजर र राइस वाटर सेरम गरी पाँच नयाँ उत्पादन थप गरेको हो ।

कम्पनीका अनुसार हाइड्रा टोनर फेसवाशपछि प्रयोग हुने टोनर हो भने एक्सफोली फेसवासले पिम्पल कन्ट्रोल, खटिरा र दाग हटाउन मद्दत गर्छ। सनसेड टिन्टेडमा सनब्लक र फाउण्डेशनको मिश्रण रहेको हुँदा प्रयोगकर्तालाई छुट्टै दुवै उत्पादन लगाउनुपर्ने झन्झट हट्नेछ । जेरोनाले नयाँ मोइस्चराइजिङ क्रिम र स्किन–लाइटिङमा मद्दत गर्ने राइस वाटर सेरम पनि बजारमा ल्याएको छ ।

यी पाँचै उत्पादन डिलरमार्फत बजार पठाउन थालिएको कम्पनीले जनाएको छ । नेपालभरका सौन्दर्य स्टोर तथा बजारमा यी उत्पादन महिला र पुरुष दुवैका लागि उपलब्ध हुनेछन् । कम्पनीका सञ्चालक दुर्गाराज श्रेष्ठका अनुसार सबै प्रोडक्ट नजिकैका सौन्दर्य सामग्री बिक्री केन्द्रमा सजिलै पाइनेछन् ।

जेरोना नेपाली कम्पनी भए पनि उत्पादनहरू भारतको गुजरातमा उच्च प्रविधिबाट तयार पारेर नेपाल ल्याइन्छन् । यसअघि जेरोनाले विभिन्न १० उत्पादन—सनसेड सनस्क्रिन, एचवाई सेरम, हाइड्रा मोइस्चराइजिङ लोशन, वाश सी भिटामिन–सी फेसवाश, ईभ ग्रुम नाइट क्रिम, सनशेड एसपीएफ ५० जेल, सेरोमिन–सी फेस सेरम, हाइड्रा सफ्ट क्लिन्जर, वाश ग्लो फेसवाश र ग्रुम डे क्रिम—बजारमा ल्याइसकेको थियो ।

You might also like

Comments are closed.

Secret Link