गायन रियालिटी शो द भ्वाइस अफ नेपाललाई ‘जेरोना डर्मा’को साथ

काठमाडौं । नेपालको लोकप्रिय गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ८ सँग जेरोना डर्माले सहकार्य गरेको छ ।

द भ्वाइस अफ नेपालको एसोसिएट स्पोन्सरमा जेरोना डर्माले सहकार्य गरेको हो । यो शो हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ ।

छालाको सौन्दर्य र स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूलाई लक्षित गर्दै जेरोना वेलनेस प्रा.लि.ले डर्मेटोलोजी प्रडक्टहरु बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

‘जेरो इम्पर्फेक्सन’ नाराका साथ यी उत्पादनहरू हरेक प्रकारका छालाको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । वैज्ञानिक रूपमा प्रमाणित सामग्रीहरूसहित तयार गरिएका यी उत्पादनहरू छालालाई स्वस्थ, चम्किलो र सन्तुलित बनाउने उद्देश्यले डिजाइन गरिएको जनाइएको छ ।

You might also like

Comments are closed.

Secret Link