जोन्टा क्लब अफ पोखराको दोस्रो एजिएम मिटिङ सम्पन्न

पोखरा । जोन्टा क्लब अफ पोखराको दोस्रो एजिएम मिटिङ सम्पन्न भएको छ । क्लबका अध्यक्ष लिना श्रेष्ठ गोशेलीको अध्यक्षतामा मिटिङ सम्पन्न भएको हो । क्लबले हालसम्म गरेका काम र आगामी योजनाका सन्दर्भमा मिटिङमा छलफल भएको सचिव रोजिना रञ्जित बिजुक्छेले जानकारी दिइन् ।

एड्भोकेसी कमिटि प्रमुख अञ्जना चापागाईं, एजुकेशन कमिटि प्रमुख मीलन थापा, कम्युनिकेसन एण्ड पिआर कमिटि प्रमुख नेलिसा ठकुरी, लिडरसिप स्किल कमिटि प्रमुख स्वेता पिया, फाइनान्सियल कमिटि प्रमुख नम्रता दाहाल, ओ एम सि कमिटिबाट मोनिका थापा र सर्भिस कमिटि प्रमुख विद्या कायस्थाले वर्षभरिमा भएका प्रगति विवरण पेश मिटिङमा पेस गरेका थिए ।

जोन्टाले महिला सशक्तीकरण, विद्यार्थीलाई तालिम तथा छात्रवृत्ती वितरण लगायत सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कोभिड महामारीको बीच पनि क्लबले उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको अध्यक्ष गोशेलीले बताइन् ।

jutta mela

क्लबका सदस्य स्वर्गीय सुजता कायस्था जोशीको स्मरण गर्दै मिटिङबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट मिटिङ आयोजना गरिएको हो । क्लबमा महिला उद्यमीहरुको आबद्धता रहेको छ ।

You might also like

Comments are closed.