जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा

पोखरा । जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन भएकी छन् । जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्र्तगत एरिया २ को हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उनको अध्यक्षतामा पाँच सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी, कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन भए । समितिको निवर्तनमान अध्यक्षमा रोजिना रञ्जित बिजुक्छे रहेका छन् ।

समितिको नेमिनेटिङ कमिटिमा मोनिका थापा, एडभोकेसि कमिटिमा अर्चना कर्माचार्य, अवार्ड एण्ड स्कलरशिपमा निलिमा गुरुङ, लिडर्सशिपमा अन्जना तज्या, भिजिविलिटीमा लिसा गुरुङ, सर्भिसमा अनिता केसी भट्टराई, युएन एण्ड क्लाइमेटमा पुनम भट्टराई र जी एण्ड गोल्डेन जीमा साम्राज्ञी क्षेत्री चयन भए ।

जोण्टा क्लव अफ पोखराले वर्षेनी महिला हिंसा विरुद्ध १६ दिने अभियानमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसैगरि महिला, बालबालिका तथा वातावरणको क्षेत्रमा पनि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । भइरहेका कार्यक्रमलाई निरन्तरता दिंदै आगामी दिनमा केहि नविनतम कार्यक्रम ल्याइने नवनिर्वाचित अध्यक्ष केसीले बताइन् ।

You might also like

Comments are closed.