बेरोजगारलाई रोजगारी दिने अभियानमा क्यान

पोखरा । कम्प्युटर एसोसिन नेपाल महासंघ (क्यान) कास्कीले शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटी क्षेत्रमा रोजगारीको अवसरमा सिर्जना गर्ने भएको छ । शिक्षित बेरोजगारहरुको रोजगार आवेदन फर्म भरेर रोजगारीको अवसर सिर्जना गर्न लागिएको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले जानकारी दिए ।

यही फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारमा सञ्चालन हुने ११औं क्यान इन्फोटेक अवधिभर रोजगार आवेदन फर्म भर्ने व्यवस्था मिलाइनेछ । हेल्प डेक्स, ग्राफिक्स डिजाइन, हार्डवयर तथा नेटवर्किङ सम्बन्धी आधारभूत ज्ञान भएका तर रोजगारीको अवसर नपाएकाहरुले फर्म भर्न सक्नेछन् ।

‘पोखराका धेरै क्षेत्रमा आइसिटी ज्ञान भएका जनशक्तिको अभाव रहेकाले यो अभियान अगाडि बढाइएको हो,’ उनले भने, ‘फर्म भरेका व्यक्तिहरुलाई आवश्यकता अनुसार तालिमसमेत निःशुल्क प्रदान गरिनेछ ।’ तालिम पश्चात आवेदकको क्षमता र रुचीका आधारमा क्यान महासंघमा आबद्ध तथा अन्य व्यावसायिक संस्थामा रोजगारीका लागि सिफारिस गरिने कार्यक्रम संयोजक घननाथ सापकोटाले जानकारी दिए । ‘यो अभियानबाट रोजगारीको अवसरमा खोजिरहेका व्यक्तिहरुले व्यावसायिक संघसंस्था दुवैलाई राहत पुग्नेछ,’ उनले भने ।

You might also like

Comments are closed.