आदिकवि भानुभक्त क्याम्पसमा अन्तरक्रिया सम्पन्न

तनहुँ,४ फागुन
आदिकवि भानुभक्त क्याम्पस शिक्षाशास्त्र संकाय अन्तगरगत विज्ञान, अङ्ग्रेजी तथा गणित विषय लिई अध्ययन गर्ने विद्यार्थी, अभिभावक र क्याम्पस प्रशासनबिच शनिबार अन्तरक्रिया सम्पन्न भएको छ । शिक्षाशास्त्र सङ्काय प्रथम वर्षमा अध्ययरत विद्यार्थीहरुको शैक्षिक स्तर आफ्ना अभिभावक समक्ष जानकारी गराउने उद्देश्यले उक्त अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुको शैक्षिक गुणस्तर उकास्न क्याम्पसले नियमित रुपमा परीक्षा लिइरहेको साथै विद्यार्थीहरुका लागि थप तालिमको अवसर प्रदान गर्ने बताउनु भयो । हड्खलेले विद्यार्थीहरुको शैक्षिक गुणस्तर उकास्नका लागि क्याम्पस प्रशासन र अभिभावक नियमित सम्पर्कमा रहने बताए । साथै अभिभावकहरु पनि क्याम्पससँग नियमित सम्पर्कमा रहिरहनुपर्ने बताए  । उक्त अवसरमा प्रथम आन्तरिक परिक्षाको लब्धाङ्क–पत्र वितरण गरि विद्यार्थीहरुको शैक्षिक स्थितिको बारेमा छलफल समेत गरिएको थियो ।
विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षा विभाग प्रमुख कल्पना लम्साल, भौतिकशास्त्र विषयका सहायक प्रध्यापक सागर न्यौपाने, जीव विज्ञान विषयका सहायक प्रध्यापक सरला देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.