पोखरा । पोखरा महानगरपालिका वडा नं ४, गैह्रापाटनमा रहेको प्रतिष्ठत विद्यालय कुमुदिनी होम्स माध्यमिक विद्यालयको ४०औं वार्षिक खेलकुद प्रतियोगिता २०८३ (40th Annual Sports Meet – 2083) बुधबारदेखि विद्यालय प्राङ्गणमा औपचारिक रूपमा सुरु भएको छ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय प्राङ्गणमा बेलुन उडाएर प्रतियोगिताको शुभारम्भ गरे। सो अवसरमा विद्यार्थीले आकर्षक मार्चपास प्रस्तुत गरेका थिए भने अध्यक्ष पालिखेले मार्चपासको सलामी ग्रहण गरेका थिए ।
शुभारम्भ समारोहमा विद्यालयका सहायक प्राचार्य मुकेश कुमार अधिकारी, गणित शिक्षक मनबहादुर भुजेल, निर्देशक कुशल पालिखे, लगायत अन्य शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन शिक्षक सुरेन्द्र सदिच्छाले गरेका थिए।
खेलकुद तथा प्रतियोगिताको विवरण
जारी स्पोर्ट्स मिटमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूका लागि तहगत रूपमा विभिन्न प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् ।
तह समावेश गरिएका खेलहरू र प्रतियोगिताहरू
| तह | समावेश गरिएका खेलहरू / प्रतियोगिताहरू |
| सबै तह (कक्षा ४-१०) | मार्चपास (टिमवाइज – २० सहभागी) |
| प्राथमिक तह (कक्षा ४, ५ र ६) | ब्याडमिन्टन (खुल्ला), फुटबल (५-ए साइड) |
| निम्न माध्यमिक तह (कक्षा ६, ७ र ८) | ब्याडमिन्टन, फुटबल, कबड्डी, लङ जम्प र सटपुट |
| माध्यमिक तह (कक्षा ९ र १०) | ब्याडमिन्टन, टेबल टेनिस, भलिबल, बास्केटबल, फुटसल, टग अफ वार (Tug of War), लङ जम्प र सटपुट |
| नि.मा. / मा.वि. मिक्स (कक्षा ६-१०) | मिक्स फुटसल र भलिबल |






Comments are closed.