काठमाडौं । सिजी मोटर्सले नेपालभर रहेका २६०+ चार्जिङ स्टेसन, निःशुल्क बीमा, सडक कर, नगद छुट तथा उद्योगकै अग्रणी ११ वर्षको वारेन्टी सहितको आकर्षक ownership package सार्वजनिक गरेको छ।
प्रिमियम र विद्युतीय पारिवारिक SUV घर लैजान चाहने नेपाली ग्राहकहरूका लागि अब यो अवसर अझ सहज बनेको छ। नेपालमा GAC AION विद्युतीय सवारी साधनको आधिकारिक वितरक CG Motors ले AION V का लागि सीमित अवधिको विशेष ownership scheme सार्वजनिक गरेको छ, जसअन्तर्गत नेपाली परिवारहरूले ९.९९ लाख रुपैयाँको डाउन पेमेन्टमा नयाँ पुस्ताको SUV आयोन भी घर लैजान सक्नेछन्।
पारिवारिक सवारी साधनतर्फको upgrade लाई अझ सहज बनाउने उद्देश्यले ल्याइएको यस योजनाले सुरुवाती आर्थिक भार कम गर्नुका साथै खरिदसँगै विभिन्न अतिरिक्त सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत आयोन भी बुक गर्ने ग्राहकहरूले सुरुदेखि नै ownership cost मा थप मूल्य प्राप्त गर्नेछन् ।
ग्राहकहरूले आकर्षक अफरअन्तर्गत एक वर्षको AutoPlus Insurance अतिरिक्त शुल्कबिना प्राप्त गर्नेछन्, जसले सवारी साधनलाई पूर्ण बीमा सुरक्षा प्रदान गर्नेछ। साथै, एक आर्थिक वर्षको सडक करसमेत समावेश गरिएको छ। ग्राहकले आकर्षक नगद छुट (Cash Discount), पुरानो सवारी साधन साटेर नयाँ अपग्रेड गर्न आकर्षक एक्सचेन्ज बोनस (Exchange Bonus) तथा वास्तविक AION एसेसरिजसमेत प्राप्त गर्न सक्नेछन्।
९.९९ लाख रुपैयाँको आकर्षक entry point बाहेक पनिआयोन भी ले फराकिलो क्याविन स्पेस, स्मार्ट ककपिट टेक्नोलोजी तथा नेपाली शहर र राजमार्गका लागि उपयुक्त लङ रेन्ड ड्राइभिङ कन्फिडेन्टसहित आफूलाई एक उत्कृष्ट पारिवारिक SUV का रूपमा प्रस्तुत गर्दछ।
यस value proposition लाई अझ बलियो बनाउँदै GAC AION ले दीर्घकालीन reliability प्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ। प्रत्येक आयोन भी मा ११ वर्षको extended warranty उपलब्ध छ, जसले एक दशकभन्दा लामो समयसम्मको driving experience मा परिवारलाई थप confidence प्रदान गर्दछ। विश्वभर ३० मिलियन ग्राहकको विश्वास प्राप्त गरेको र गुणस्तरीय प्रविधिका लागि परिचित GAC AION ले नेपालमा सुरक्षित तथा भरपर्दो विद्युतीय mobility को नयाँ मापदण्ड प्रस्तुत गर्दै आएको छ।
AION V प्रत्यक्ष अनुभव गर्न, टेष्ट ड्राइभ लिन तथा ९.९९ लाख रुपैयाँको स्किम बारे थप जानकारी प्राप्त गर्न इच्छुक ग्राहक तथा परिवारलाई नजिकैको सिजी मोटर्स / GAC AION showroom मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ। यो विशेष योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।






Comments are closed.