पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले यही मंसिर २६ देखि २८ गतेसम्म आयोजना गरेको इक्यान शैक्षिक मेलामा राखिने स्टलहरु निकै सस्तो मूल्यमा उपलब्ध गराइने इक्यानले जनाएको छ । इक्यान सदस्यहरुको हितलाई ख्याल गर्दै प्रति स्टल १० हजार रुपैयाँमा उपलब्ध गराइने स्टल व्यवस्थापन उपसमिति संयोजक नसीव क्षेत्रीले जानकारी दिए ।
‘पेभेलियनमा सहित मेलामा ६० वटा भन्दा बढी स्टल रहन्छन्,’ उनले भने, ‘इक्यानका सदस्य संस्थाहरुलाई सस्तो दरमा स्टल उपलब्ध गराउने हाम्रो नीति हो ।’ छिट्टै स्टल बुकिङ खूल्ला गरिने उनले जानकारी दिए ।