कालिका शहीद शान्ति पार्क निर्माणमा अनियमितता गरेको भन्दै दुई प्राविधिक बिरूद्ध आरोप पत्र दायर

तनहुँ, १५ बैशाख
तनहुँ दमौली स्थित कालिका शहीद शान्ति पार्क निर्माणको लागि बिनियोजित रकम हिनामिना गरेको भन्दै दुई प्राविधिक बिरूद्ध अख्तियार दुरूपयोग आयोगमा उजुरी परेको छ ।

आर्थिक हिनामिना गरेको, हालसम्म आन्तरिक लेखापरीक्षण नगरेको र आयव्यय विवरण स्पष्ट सार्वजनिक नगरेको भनेर उनीहरु बिरूद्ध अख्तियार दुरूपयोग आयोगमा उजुरी परेको हो ।
जिल्ला विकास समितिको कार्यालय तथा हालको जिल्ला समन्वय समितिको कार्यालय तनहुँका प्राविधिक सबइन्जिनियर खगेन्द्र खवास र व्यास नगरपालिकाका प्राविधिक सबइन्जिनियर निर्मल वाग्ले बिरूद्ध अख्तियार दुरूपयोग आयोगमा उजुरी परेको छ ।

कालिका मन्दिर निर्माण कार्यको सिलसिलामा लागत अनुमान बमोजिमको काम भए नभएको जाँचबुझ गरी नापजाँच गरी कार्य सम्पादन प्रतिवेदन दिनुपर्ने कर्तब्य हुँदाहुँदै निर्माण कार्यको जाँचबुझ र नापजाँच फिल्डमा भएअनुसारको कार्य नगरी बदनियतपूर्वक नभएर नगरेका काम देखाई कार्य सम्पन्न प्रतिबेदन दिएको पुष्टि हुन आएको अख्तियार दुरूप्रयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

सबइन्जिनियर खगेन्द्र खवास र प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर अपराध गरेको देखिएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

You might also like

Comments are closed.