किरियापुत्री भवनलाई ३३ हजार सहयोग

तनहुँ, २८ वैशाख
व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग प्राप्त भएको छ । भवनका लागि व्यास ४ निवासी सदिक्षा ग्लास हाउसका सञ्चालक ऋषि भुषालले ३३ हजार ३ सय ३५ रुपैयाँ सहयोग गरेका हुन् ।

उक्त रकम भुषालले भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्साललाई हस्तान्तरण गरेका छन् । किरियापुत्री भवन निर्माणका लागि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको भुषालले बताए । भवन निर्माण समितिका संयोजक लम्सालले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

You might also like

Comments are closed.