खर्च गर्ने ऐन, कानून र विधी निर्माण गर्दैछौं : मन्त्री गुरुङ

आर्थिक आवाज
पोखरा, १३ फागुन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारले खर्च गर्ने ऐन, कानून र विधी निर्माण गरिरहेको बताएका छन् । साङयोङ मोटर्सको पोखरा शो–रुमको आइतबार समुद्घाटनका अवसरमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव, पूँजीगत खर्च बढाउन नसकेकोलगायतका समस्या देखियो भन्ने गुनासो तपाईं उद्योगी व्यवसायीबाटै आएका छन्, ती समस्या समाधानका लागि खर्च गर्ने ऐन, कानून र विधि निर्माण सरकारले गरिरहेको छ, अब छिट्टै यी समस्या समाधान हुन्छ ।’ साङयोङका गाडीहरु लक्जरियस भएकाले पोखरेलीको रोजाइमा पर्ने उनले विश्वाससमेत व्यक्त गरे ।

मन्त्री गुरुङले गण्डकी प्रदेशले पुँजी र प्रविधीलाई सँधै स्वागत गर्ने बताए । पूँजी र प्रविधिको माध्यमबाट उद्योग, कलकारखाना र व्यवसायको विस्तार गर्नेहरुलाई स्वागत गर्न प्रदेश सरकार सँधै तयार रहेको उनको भनाई थियो । पुँजी आर्जन गर्नका लागि उत्पादन गर्नुपर्ने र त्यो पुँजी चलायमान बनाउन खर्च गर्ने प्रवृत्तिको विकासपनि गर्नुपर्ने भन्दै उनले थपे,‘उत्पादन र उपभोग एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन्, त्यसैले यो दुबै उत्तिकै आवश्यक छ ।’ आत्मर्निभर अर्थतन्त्रको विकास गर्न नसक्दासम्म व्यापार घाटा न्यूनिकरण गर्न नसकिने भन्दै उनले विश्वबजारसँग प्रतिश्पर्धा गर्ने अर्थतन्त्रको विकास गर्न देशभित्रै उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए ।

https://arthikawaj.com/%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%AE%E0%A4%9A%E0%A5%8B%E0%A4%95%E0%A4%AE%E0%A4%BE-%E0%A4%96%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%8B-%E0%A4%B8%E0%A4%BE%E0%A4%99%E0%A4%AF%E0%A5%8B%E0%A4%99/

You might also like

Comments are closed.