पोखरा, २१ जेठ
गरिमा विकास बैंक र आई.एम.ई. लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आई.एम.ईलाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आई.एम.ई.लाईफ इन्स्योरेन्सको बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालय सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले छिट्टै नै देशका थप १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।
Comments are closed.