“गरिमा रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा गरिमा बैंक र मितेरी बैंक बीच सम्झौता

पोखरा, २९ जेठ ।

गरिमा विकास बैंक लिमिटेड र मितेरी डेभलपमेण्ट बैंक लिमिटेड बीच “गरिमा रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

जेष्ठ २५ गते शुक्रबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मितेरी डेभलपमेण्ट बैंक लिमिटेडका १५ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

You might also like

Comments are closed.

Secret Link