घर बनाउँदै हुनुहुन्छ ? गरिमाले ल्याएको छ ‘सजिलो घर कर्जा योजना’

काठमाडौं । राष्ट्रियस्तरको गरिमा विकास बैंकले सजिलो घरकर्जा योजना ल्याएको छ । ९.९९ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्ने गरी यो योजना ल्याइएको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

‘यो योजनामा सहभागी ग्राहकले कर्जा लिँदा दुई वर्षसम्म ब्याज मात्र भुक्तानी गर्न सक्नुहुन्छ,’ ढकालले भने, ‘घर लागत बराबरको सम्पूर्ण कर्जा सुबिधा उपलब्ध गराउँछौं ।’ कोभिड–१९ बाट आर्थिक क्षेत्र धरासायी भएको र धेरैको आयआर्जनका स्रोत घटेकाले यो योजना प्रभावकारी हुने बैंकले विश्वास लिएको छ ।

यो योजना अन्तर्गत ३० वर्षसम्मको किस्तामा कर्जा सुबिधा उपलब्ध हुनेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट घरकर्जा लिएको भएपनि सो कर्जा स्वाप गर्न सकिने बैंकले जनाएको छ । स्वाप गर्दा कुनै पनि कर्जा लाग्दैन ।

You might also like

Comments are closed.