lcci festival

तास खेल्ने ६ जना पक्राउ

पोखरा, १२ चैत । तास खेल्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १४ हवेलिमार्गस्थित पूर्ण कुमारी गुरुङको घरमा तास खेल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । १२ हजार ५ सय रुपैयाँ तथा ४ बुक तासहित उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पोखरा १४ का ३४ वर्षीय विनोद कुमाल, सोही स्थानका ३४ वर्षीय बखान बहादुर गुरुङ, पर्वतस्थित कुश्मा नगरपालिका १२ घर भई हाल पोखरा १४ हवेली मार्ग वस्ने ५३ वर्षीय धर्म लामिछाने, स्याङजा विरुवा ४ घर भ हाल पोखरा १४ हवेली मार्ग वस्ने ३६ वर्षीय लाल वहादुर थापा, स्याङजा विरुवा ४ घर भ हाल पोखरा लेखनाथ महानगरपालिका १४ हवेली मार्ग वस्ने ३६ वर्षीय लेख वहादुर थापा र पोखरा १४ हवेली मार्ग वस्ने वर्ष ५१ वर्षीया पूर्ण कुमारी गुरुङ छन् ।

You might also like

Comments are closed.