नरेश भट्टराई
कार्यसमिति सदस्य, रेवान पोखरा
महोत्सवका कारण लेकसाइड भरिभराउ छन् । यसैका लागि भनेर आन्तरिक तथा वाह्य पर्यटक यहाँ आउने गर्दछन् । महोत्सव हुनुभन्दा अगाडिसम्म यो डिसेम्बर अन्तिम र जनवरी महिना पर्यटक शून्य प्रायः हुन्थ्यो । हाम्रा अग्रजहरु होटल, रेष्टुरेण्ट बन्द गरेर घरायसी काममा व्यस्त हुन्थे । तर अहिले लेकसाइड फेरिएको छ । अफसिजन मानिने यो समय लेकसाइडका हरेक होटलको अकुपेन्सी फुल हुन्छ । प्रत्येक रेष्टुरेण्टमा बसेर खानपनि क्यूमा बस्नुपर्ने अवस्था सिर्जना हुन्छ । यो सबै महोत्सवकै देन हो । विदेशी पनि आफ्नो देश छाडेर लेकसाइडमा न्यू इयर इभ मनाउन आउँछन् । क्रिसमस डे मनाउनपनि आउन थालेका छन् ।
महोत्सवमा देशैभरका संस्कृति देख्न पाउने भएकालेपनि विदेशी तथा स्वदेशी दर्शक आउने गर्छन् । सायद सडकमै बसेर खान पाउने मज्जा लिनका लागि पनि यति धेरै दर्शक आउछन् । यो नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा स्थापित भएको छ । यसले किसानदेखी व्यवसायी सम्मलाई आयआर्जनको बाटो खोलेको छ । किसानले उत्पादन गरेका अन्न, तरकारी, फलफुलले राम्रो बजार पाउँछ । यहि महोत्सवमा मात्रै खानाका परिकार मात्रैपनि अरबौंको ब्यापार हुन्छ । यसले किसानलाई पनि राम्रो आयआर्जन गराउँछ । यसले पोखरालाई पनि ब्राण्डिङ गरिरहेको छ । मात्र पोखरा होइन, समग्र गण्डकी प्रदेश र नेपालकै पनि ब्राण्डिङ गरिरहेको छ । देशलेपनि यसबाट ट्याक्स पाउँछ । महोत्सवलाई अझ अन्र्तराष्ट्रिय स्तरको बनाउन र प्रवद्र्धन गर्न सरकारले भूमिका खेल्नुपर्छ । नजिकका क्षेत्रमात्र होइन, गल्फ कन्ट्रीसँगै अमेरीका, अष्टे«लिया, युरोपियन देशहरुमा पनि यसको प्रचारप्रसार गर्नुपर्छ । जसले ति देशका नागरिकलाई क्यालेन्डर बनाएर पोखरा वा नेपाल आउने बनाउन सजिलो होस् ।
Comments are closed.