पर्यटक बोलाउन रेवान पोखरा टोली स्याङ्जा, पाल्पा हुँदै बुटवलमा

सन्देश श्रेष्ठ/आर्थिक आवाज
बुटवल, ३ पुस । पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको टोली स्याङ्जा, पाल्पा हुँदै बुटवल आइपुगेको छ । नेपालकै सबैभन्दा ठूलो महोत्सवको प्रचारप्रसारका लागि रेवान टोली पोखराबाट स्याङ्जा, पाल्पाहुँदै बुटवल आइपुगेको हो । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ यहि पुस १३ गतेदेखी १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखी जनवरी १ तारिखसम्म आयोजना हुने महोत्सवबारे रेवान पोखराले ३ वटै जिल्लामा सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघ र पत्रकारहरुसँग अन्र्तक्रिया गरेको छ ।

कार्यक्रममा रेवानले समग्र प्रदेशको अर्थ व्यवस्था चलायमान बनाउनका लागि पोखरा सडक महोत्सव आयोजना गर्न लागिएको प्रवद्र्धनात्मक टोलीका संयोजक तथा रेवान पोखराका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले जानकारी दिए । त्यस्तै महोत्सवले पोखराको लेकसाइडलाई अन्र्तराष्ट्रिय रुपमा ब्राण्डिङ गर्नका लागि पनि महोत्सवले सघाउ पु¥याउने बताए । महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको साँस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरञ्जनात्मक खेलकुदका  कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायत मुख्य आकर्षणका रुपमा रहने रेवान पोखराका महासचिव गणेश थापाले जानकारी गराएका थिए ।

कार्यक्रममा ‘सडकमै खाउँ, सडकमै नाचांै, सडकमै रमाऔं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा राष्ट्रिय कलाकारहरुको लोकदोहोरी, लाइभ व्याण्ड, हाँस्य प्रहसन, बालउद्यान तथा अन्र्तराष्ट्रिय खानाका स्टलहरु रहने जानकारी गराइएको थियो ।

महोत्सवमा करीब ७ लाख दर्शकले अवलोकन गर्ने महासचिव थापाले जानकारी दिए । उनका अनुसार महोत्सवको मूख्य दिन डिसेम्बर अन्तिम दिन न्यू इयर इभको दिन मात्र करीब ३ लाख दर्शक लेकसाइड पुग्छन् । उनले महोत्सवका लागि भनेर विदेशी पर्यटक पनि यसैका लागि भनेर लेकसाइड आउनेगरेको बताए । उनले भने,‘हामीले महोत्सव शुरु गर्नुअघी यो पुस माघमा मान्छे नै आउँदैनथे, तर महोत्सव शुरुसँगै पर्यटक बढ्न थाले, तर अहिले महोत्सवका लागि भनेरै पर्यटक आउन थालेका छन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले नेपालीहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा जाने संस्कृतीको विकास हुँदै गएको बताए । उनले यसलाई निरन्तरता दिन सके त्यहाँ आउने पर्यटकलाई नजिकका पर्यटकीय क्षेत्रमा लगेर बसाई लम्ब्याउन सकिने र त्यसका लागि सहकार्य आवश्यक रहेको औंल्याए ।

स्याङ्जाको वालिङमा आयोजित छलफल कार्यक्रमको व्यवस्थापन वालिङ उद्योग बाणिज्य संघले तथा पाल्पामा आयोजित छलफल कार्यक्रमको व्यवस्थापन पाल्पा उद्योग बाणिज्य संघ र बुटवलमा बुटवल उद्योग वाणिज्य संघले ब्यबस्थापन गरेका थिए । स्याङ्जाको वालिङमा आयोजित छलफल कार्यक्रममा बोल्दै वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले पोखरा सडक महोत्सवलाई स्याङ्जाको सँधै साथ र सहयोग रहने प्रतिबद्धता जनाए । महोत्सवका लागि स्याङका वालिङ, पुतलीबजारलगायतका क्षेत्रबाट धेरै मात्रामा मानिसहरु जानेगरेको उल्लेख गरे ।

पाल्पामा आयोजित कार्यक्रममा बोल्दै पाल्पाका बाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले सडक महोत्सव समग्र गण्डकी प्रदेशकै गर्व गर्ने महोत्सव भएको र यसले समग्र गण्डकी प्रदेशकै पर्यटन प्रबद्र्धनमा सघाउने भएकाले महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले रेवान पोखराको सडक महोत्सवबाट सिकेर पाल्पाले पनि त्यसको सिको गर्दै पाल्पा सडक महोत्सव गर्ने योजना बनाएको जानकारी गराए । उनले पोखरासँग सहकार्य गरेमात्र पाल्पालेपनि पर्यटनमा फड्को मार्ने भन्दै सहकार्य गर्न तयार रहेको बताए । सो अवसरमा उनले बुटवल, पाल्पा, स्याङ्जा हुँदै पोखरा निस्कने बाटोमा पर्ने सिद्धबाबाको बाटोमा समस्या रहेको बताउदै यसको हल गर्न सकिए पाल्पा र पोखरा दुवै शहरले भारतीय पर्यटकहरु भित्राउन सकिने भएकाले बाटो निर्माणका लागि पहल गर्न रेवान पोखराको टिमलाई आग्रह गरे । प्रवद्र्धनात्मक भ्रमण टोलीले मंगलबार दिउँसो नवलपुर र सौराहामा पुगेर छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, टान क्षेत्रीय संघ पोखराका उपाध्यक्ष सुसिलराज पौडेल, नाट्टा पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देल, नाट्टा पोखराका पूर्वाध्यक्ष ओम पाण्डे, रेवान पोखराका सदस्य बसन्त गौतम, दिल श्रेष्ठ, पूर्व सचिव श्रीराम गिरी सहित पोखराका केहि पत्रकार छन् ।

You might also like

Comments are closed.