पर्यटन प्रवद्र्धन गर्छ : भरतराज शर्मा

भरतराज शर्मा
पर्यटन व्यवसायी

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक राष्ट्रिय व्यापार मेलाले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउदै आएको छ । नेपालका विभिन्न स्थानमा उत्पादन भएका सामानको प्रदर्शनी मेलामा हुन्छ । विभिन्न ठाउँबाट आएर आफ्नो उत्पादन प्रदर्शन तथा बिक्रीको लागि स्टल राख्ने गरेको हामीले पाएका छौं । पोखरा बाहिरका विभिन्न उद्योग तथा कम्पनीका स्टल रहन्छन् । मेला अवधिभर खाने तथा बस्नको लागि होटल बुकिङ गरेको पनि हामीले पाएका छौं । जसले पोखराको आर्थिक गतिविध थप चलायमान बनाएको छ । होटल व्यवसाय मात्र नभई पर्यटन सम्वन्धी अन्य व्यवसायमा पनि यसले सहयोग पु¥याएको छ । अहिलेसम्म आन्तरिक पर्यटकको आकर्षण मेलामा पाइन्छ । बाह्य पर्यटकको आकर्षण बढाउन मेलामा अन्य थप गतिविधि संचालन गर्नु आवश्यक छ । विशेष हस्तकलाका सामान विदेशी पर्यटकको रोजाईमा पर्ने गरेका छन् । यस्ता सामानको प्रदर्शन तथा प्रवद्र्धनको लागि मेलामा धेरै भन्दा धेरै बाह्य पर्यटक ल्याउन सकेमा प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...