पोखरामा टाटाको कार मेला आजबाट

 

आर्थिक आवाज

पोखरा, ४ जेठ
टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको आधिकारीक बिक्रेता दीप मोटर्स प्रा. लि.को सहकार्यमा पोखरामा टाटा कार मेला आज शनिवारबाट हुँदैछ ।

बिहान ११ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङको कार्यालय बुद्ध चोक पोखरामा हुने जनाईएको छ । मेला आईतवार सम्म चल्नेछ । मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी खरिद तथा बिक्री सुबिधा प्राप्त गर्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी सगँ नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले ”On the spot Financing” का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Loyalty Bonus जस्ता सेवा तथा सुविधाहरु पाउने विज्ञप्तीमा भनिएको छ ।

You might also like

Comments are closed.