प्रायोजकको उत्साहपूर्ण साथ : गोकर्ण कार्की

गोकर्ण कार्की
संयोजक : मेला व्यवस्थापन तथा प्रायोजन व्यवस्थापन उपसमिति

पोखराको गौरवको रुपमा हामीले मेलालाई लिने गरेका छौं । पोखरा तथा कास्कीको मात्र नभई यस आसपासका जिल्लाको स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि मेला सहयोगी बन्नेछ । पोखरा उद्योग वाणिज्य संघले आफ्नो हकहितका कामका साथै सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आएको छ । संघले आयोजना गरेका सबै मेला सफल भएका छन् । यो मेला पनि भव्य एवं सभ्य रुपमा सफल हुनेछ भन्ने हामीलाई विश्वास छ । सबै पोखरेली तथा वरपरका महानुभावहरुलाई मेला अवलोकलनको लागि म निमन्त्रणा गर्दछु ।

यस वर्षको मेला सफल पार्न हामीले प्रायोजकको राम्रो साथ पाएका छौं । मेला सफल पार्न पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग छ । लक्ष्मी ग्रुपको सफल दूध, हुण्डाई र कुलप्याण्ड स्मार्ट फोनको मुख्य प्रायोजन तथा नेपाल पर्यटन वोर्ड तथा ग्लोवल आइएमइ बैंक लिमिटेडको प्रवद्र्धनमा मेला आयोजना हुँदैछ । मेलामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेड, अर्घाखाँची सिमेण्ट, फर्निचर ल्याण्ड, हरपल फुड प्रालिको हरपल चामल, बर्जर पेण्टस्को सहप्रायोजन र विजय डिष्टिलरी र यति ब्रुअरी प्रालिको विशिष्ट प्रायोजन छ । गृहलक्ष्मी ग्याँस, कोसेली तेल, ओम डेभलपमेण्ट बैंक, आहा चाउचाउ, एसियन थाइ फुड, एक्सन पोलिमर, अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिबाट पनि मेलाका विविध विधामा सहकार्य भएको छ । पोखरा इन्टरनेट प्रालिको क्लियर टिभी र नागरिक दैनिक मिडिया पार्टनर छन् भने मेलामा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड वीमा प्रायोजक छ । अतिथी रिसोर्ट र माउण्ट कैलास रिसोर्ट पोखरा यो मेलाको अफिसियल होटल हुन् ।

You might also like

Comments are closed.