महिन्द्राको ‘मेगा डेलिभरी’, ४० दिनमा १७० वटा बुकिङ

आर्थिक आवाज
पोखरा, २ फागुन । महिन्द्रा गाडीको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता वतास व्रदर्श प्रालिले महिन्द्रा गाडीको मेगा डेलिभरी गरेको छ । पुस २१ गतेबाट माघ मसान्तभित्र गाडी बुकिङ् गरेका १ सय ७० जना मध्ये २० जना ग्राहकहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरि एकै पटक गाडीको चावी हस्तान्तरण गरिएको हो ।

बतास अर्गनाइजेशनका मानव संशाधन विभाग प्रमुख विश्वमणि भण्डारी र महिन्द्रका बिक्री प्रवन्धक पुष्पराज बरालले संयुक्त रुपमा ग्राहकलाई गाडीको चावी प्रदान गरे ।

महिन्द्राको स्कोरपियो जिप, स्कोरपियो पिकअप, बलेरो जिप र बलेरो पिकअप गाडी डेलिभरी गरिएको हो । ‘महिन्द्राका मोडलहरु यस क्षेत्रमा अत्यन्त लोकप्रिय छन् । एकै पटक ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा खुशी छौं,’ बरालले भने, ‘४० दिनको अवधिमा १ सय ७० गाडी बुकिङ हुनु महिन्द्रा गाडीप्रतिको आकर्षण हो ।’

You might also like

Comments are closed.