मुक्तिनाथ विकास वैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

पोखरा, ५ बैशाख

स्थापना कालदेखि नै “ १ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता ” भन्ने नारालाई सार्थक बनाउन “ खोलौ बैंक खाता अभियान २०७६ ” शुरु गरेको छ ।

मुक्तीनाथ विकास बैंकले “ खोलौ बैंक खाता अभियानलाई २०७६ ” अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ । २०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले रु १०० ÷– (अक्षरुपी रु एक सय मात्र) नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटिसी वा एनसेल को मोवाइल नम्बरमा रु १००  (अक्षरुपी रु एक सय मात्र ) बराबरको रिचार्ज ( टपअप ) गरिदिने छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० एटिएम बाट निः शुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्र्दै आएको छ ।

You might also like

Comments are closed.