‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी २०८३ मंसिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ ।

स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले वि.सं. २०८१ साल देखि यस प्रतियोगिताको सुरुवात गरेको हो । यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट तर्फ गरि करिब १,५०० धावकहरूको सहभागिता रहने अपेक्षा बैंकले गरेको छ ।

प्रतियोगिता खुला तथा कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि ५ किलोमिटर दूरी निर्धारण गरिएको छ । कर्पोरेट विधा तर्फ नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बिमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाईडर र पेमेन्ट सिस्टम अपरेटर्समा कार्यरत स्थायी कर्मचारीहरु मात्र सहभागीताका लागि योग्य हुनेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक नगद पुरस्कारका साथै दौड पुरा गर्ने धावकहरुलाई सर्टिफिकेट र मेडलको व्यवस्था समेत गरिएको छ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुने विजेतालाई जनही रु. ५०,०००, द्वितीय हुनेलाई जनही रु. ३५,०००, तृतीय हुनेलाई जनही रु. २०,०००, चौथो हुनेलाई जनही रु. १५,००० र पाँचौँ स्थान हासिल गर्नेलाई जनही रु. १०,००० नगद पुरस्कार तथा, कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुने विजेतालाई जनही रु. ३०,०००, द्वितीय हुनेलाई जनही रु. २०,०००, तृतीय हुनेलाई जनही रु. १५,०००, चौथो हुनेलाई जनही रु. १०,००० र पाँचौँ स्थान हासिल गर्नेले जनही रु. ५,००० नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

खुलातर्फको १० किलोमिटर दौड विकास बैंकको केन्द्रीय कार्यालय रहेको भवन, बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन परिसरसम्म पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमा समापन हुनेछ । त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर सोही मार्ग हुँदै बालुवाटारमा समापन हुनेछ ।

प्रतियोगितालाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक तथा प्रभावकारी रूपमा सम्पन्न गर्न विकास बैंकले एनआरएस स्पोट्र्स फाउन्डेसनसँग सहकार्य गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले २०८३ कात्र्तिक २८ गतेदेखि २०८३ मंसिर २ गतेसम्म अनलाइन माध्यमबाट रु. १०० दर्ता शुल्क भुक्तानी गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय तथा अनुशासित समाज निर्माणमा योगदान पु‍¥याउने विश्वास व्यक्त गर्दै इच्छुक धावकहरूलाई प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि आह्वान गरेको छ ।

 

You might also like

Comments are closed.

Secret Link