पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की र गरिमा विकास बैंकको संयुक्त आयोजनामा वर्तमान अवस्थामा निजी क्षेत्र र बैंक बीचको समस्या र चुनौती समाधान विषयक बृहत अन्तरक्रिया एवं वित्तीय साक्षरता कार्यक्रम हालै सम्पन्न भएको छ ।
कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय गरिमा विकास बैंकका केन्द्रका प्रतिनिधि एवं गण्डकी प्रदेश प्रमुख मेघराज के.सी, तथा प्रदेशभित्रका शाखा प्रमुख सहितको उपस्थिति रहेको थियो । कार्यक्रम उठेका जिज्ञासाको सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरेका थिए । उनले बैंक र व्यवसायीको सम्बध नङ र मासुको जस्तो बनाउन बैंकले कुनै कसरत बांकी नराख्ने बताएका थिए । साथै उनले निजी क्षेत्र र बैंकबीचको समस्या तथा चुनौती समाधान गर्न आफु सधै लागिरहने बताए ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बांस्तोला निवर्तमान अध्यक्ष यामनाथ पौडेल उद्योग उपाध्यक्ष नबराज आचार्य, सह कोषाअध्यक्ष बोधराज सुवेदी, लगायत सचिवालय सदस्य तथा सम्पूर्ण पदाधिकारी सदस्य, महिला चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष जमुना पौडेल एवं पदाधिकारी सदस्य लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक श्रीराम गौतमले जानकारी दिए ।




Comments are closed.