पर्वत । गत असोज १० गते कालीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित पर्वत जिल्लाको जलजला गाउँपालिकाका विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले करुणा फाउन्डेसन नेपालले शैक्षिक सामग्री, विद्यालय पोशाक, झोला तथा खेलकुद सामग्री उपलब्ध गराएको छ। नेपाली सेनाको पश्चिम पृतना, पोखरासँगको समन्वय तथा सहकार्यमा पठाइएका सामग्री गाउँपालिकाका विद्यालयमा वितरण गरिएको हो।
२०८३ मंसिर ११ गते श्री लुङ्गदी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यालयले यस सहयोगले विद्यार्थीको शैक्षिक सुधार तथा सिकाइको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै करुणा फाउन्डेसन नेपालप्रति आभार व्यक्त गरेको छ।
उपलब्ध वितरण विवरणअनुसार श्री लुङ्गदी माध्यमिक विद्यालयका लागि ९२ सेट विद्यालय पोशाक, ८७ थान विद्यालय झोला, १ सेट खेल तथा शैक्षिक सामग्री, ५ प्याकेट रुलर, ५ थान चित्रकला कापी, ८४ थान नेपाली कापी, ४२ थान अंग्रेजी कापी, २८ थान गणित कापी, २०३ थान नेपाली कापी, २२४ थान ठूला नेपाली कापी, ८२ प्याकेट जेल पेन, १६ वटा ज्यामिति बक्स, २ थान भलिबल, १ थान फुटबल, १ थान फुटबल पम्प, १ थान भलिबल नेट र २६ प्याकेट पेन्सिल उपलब्ध गराइएको छ।
त्यसैगरी, श्री शिव माध्यमिक विद्यालयका लागि १६२ सेट विद्यालय पोशाक, १ सेट खेल तथा शैक्षिक सामग्री, १४ प्याकेट रुलर, ७ थान चित्रकला कापी, १४० थान नेपाली कापी, ७० थान अंग्रेजी कापी, ३५ थान गणित कापी, २४५ थान नेपाली कापी, ५६० थान ठूला नेपाली कापी, ५४६ प्याकेट जेल पेन, ४४ वटा ज्यामिति बक्स, २ थान भलिबल, १ थान फुटबल, १ थान फुटबल पम्प, १ थान भलिबल नेट र ४२ प्याकेट पेन्सिल उपलब्ध गराइएको बताइएको छ।

करुणा फाउन्डेसन नेपालले यसअघि पनि विपद् प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ। भोटेकोशी क्षेत्रमा बाढीका समयमा फाउन्डेसनले राहत वितरण, पुनर्स्थापना तथा प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको थियो। त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री नीलकण्ठ माध्यमिक विद्यालयमा विद्यालय पूर्वाधार सुधार तथा क्यान्टिन निर्माण कार्यमा पनि फाउन्डेसनले सहयोग र सहजीकरण गरिरहेको छ। यी प्रयासले विपद्पछिको पुनर्स्थापना, सुरक्षित शैक्षिक वातावरण र बालबालिकाको शिक्षामा निरन्तरता कायम गर्न फाउन्डेसनले दिँदै आएको प्राथमिकतालाई देखाउँछन्।
विद्यालयहरूलाई सामग्री हस्तान्तरणपछि सामग्री प्राप्त गर्ने विद्यार्थीको अभिलेख, वितरण विवरण तथा कार्यक्रमका तस्बिर व्यवस्थित राख्न अनुरोध गरिएको छ। विपद्का कारण बालबालिकाको शिक्षामा पर्न सक्ने असर न्यूनीकरण गर्न स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवाला निकायबीचको सहकार्य महत्वपूर्ण हुने फाउन्डेसनले जनाएको छ।






Comments are closed.