बुटवल र इटहरीमा सार्वजनिक हुँदै चांगान नेभो क्यू०५, यस्ता छन् बिशेषता

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि. अन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स प्रा.लि. र सर्वा मोटर्स प्रा.लि.ले आगामी साता क्रमशः बुटवल र इटहरीमा नयाँ चांगान NEVO Q05 सार्वजनिक गर्ने भएका छन्। औपचारिक सार्वजनिक कार्यक्रमअघि नै ग्राहकहरूले विशेष टेस्ट ड्राइभमार्फत यस इलेक्ट्रिक एसयूभीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

चांगानको न्यू इनर्जी भेहिकल पोर्टफोलियोअन्तर्गतको NEVO Q05 गुणस्तर, आराम र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने ग्राहकहरूका लागि डिजाइन गरिएको विश्वस्तरीय प्रिमियम सहरी इलेक्ट्रिक एसयूभी हो। ‘A Class Above’ अवधारणाअन्तर्गत Q05 ले आराम, डिजाइन र प्रविधि गरी तीन प्रमुख विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ।

NEVO Q05 मा २,७३५ एमएमको ह्विलबेस, ढल्काउन मिल्ने पछाडिका सिट तथा ५४० लिटर क्षमताको विशाल बुट स्पेससहित फराकिलो र सुविधासम्पन्न क्याबिन उपलब्ध छ। यी विशेषताले दैनिक आवागमनदेखि पारिवारिक यात्रासम्मलाई थप आरामदायी र व्यावहारिक बनाउँछन्।

विश्वप्रसिद्ध अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विशेषज्ञ सम्मिलित चांगानको विश्वव्यापी डिजाइन नेटवर्कद्वारा विकसित Q05 मा आकर्षक एरोडाइनामिक बनावट, विशिष्ट लाइटिङ डिजाइन र सडकमा प्रभावशाली उपस्थिति रहेको छ। उत्कृष्ट डिजाइनका लागि यस एसयूभीले प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री प्रणाली प्रविधिसहितको ५१.९ किलोवाट आवर क्षमताको CATL LFP ब्याट्री जडान गरिएको Q05 मा 3C फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट मात्र १५ मिनेटमा ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसको १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले NEDC मापदण्डअनुसार ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत प्रति १०० किलोमिटर मात्र १२.९ किलोवाट आवर रहेको छ।

कम्पनीका अनुशार विश्वभर २ लाखभन्दा बढी युनिट बिक्री भइसकेको NEVO Q05 ले चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा समेत उत्कृष्ट बिक्री प्रदर्शन गर्दै आफ्नो अन्तर्राष्ट्रिय लोकप्रियतालाई थप प्रमाणित गरेको छ।

क्षेत्रीय सार्वजनिक कार्यक्रमपश्चात् ग्राहकले मंसिर १८ देखि २० गते, २०८३ सम्म बुटवल र इटहरीका सम्बन्धित DEEPAL शोरुममा आयोजना हुने देशव्यापी मेगा एक्सचेन्ज कार्निभलमा सहभागी भई विशेष एक्सचेन्ज सुविधा तथा आकर्षक अफरको लाभ लिन सक्नेछन्।

१६० वर्षभन्दा लामो औद्योगिक विरासत बोकेको चांगान अटोमोबाइल चीनको सबैभन्दा ठूला तथा पुराना अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो। विश्वका १०० भन्दा बढी देशमा उपस्थिति र १८ हजारभन्दा बढी इन्जिनियरको विश्वव्यापी टोलीसहित चांगान स्मार्ट तथा न्यू इनर्जी मोबिलिटीको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित छ।

एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि. नेपालमा चांगान अटोमोबाइल तथा यसका DEEPAL र NEVO ब्रान्डहरूको प्रतिनिधित्व गर्ने कम्पनी हो। यसले नेपाली बजारमा अत्याधुनिक अटोमोबाइल प्रविधि, नवीन डिजाइन तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीका समाधानहरू उपलब्ध गराउँदै आएको छ।

प्रबन्ध निर्देशक छेर्ता कुमार श्रेष्ठको नेतृत्वमा सन् २०२४ मा स्थापित जेनोस मोटर्स प्रा.लि. बुटवल क्षेत्रका लागि चांगानका DEEPAL र NEVO ब्रान्डहरूको आधिकारिक डिलर हो। DEEPAL S07 बाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको कम्पनीले पछि E07, L07 र S05 लाई आफ्नो उत्पादन पोर्टफोलियोमा समावेश गरेको छ। कम्पनीले ग्राहक सन्तुष्टि तथा विश्वसनीय बिक्रीपछिको सेवालाई विशेष प्राथमिकता दिँदै आएको छ।

सञ्चालक उत्कृष्ट भट्टराई र राधा ढकालको नेतृत्वमा सन् २०२४ मा स्थापित सर्वा मोटर्स प्रा.लि. इटहरी क्षेत्रका लागि चांगानका DEEPAL र NEVO ब्रान्डहरूको आधिकारिक डिलर हो। DEEPAL S07 र S05 सहितको उत्पादन पोर्टफोलियो रहेको यस कम्पनीले प्रिमियम इलेक्ट्रिक मोबिलिटी, उत्कृष्ट ग्राहक अनुभव तथा विश्वसनीय बिक्रीपछिको सेवा प्रदान गर्न प्रतिबद्धता जनाउँदै आएको छ।

 

You might also like

Comments are closed.

Secret Link