भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौं ।

VISA Leadership Conclave मा माछापुच्छ्रे बैंक लिमिटेडले Excellence in POS Acquiring Business -Associate Client अवार्ड प्राप्त गरेको छ ।

POS Acquiring Business अन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप प्रदान गरिएको छ । यस सम्मानले डिजिटल भुक्तानी सेवामा  बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ ।

यस अवार्डसँगै VISA बाट  बैंकले लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ । यसअघि बैंकले सन् २०२४ मा Excellence in POS Acquiring Business र सन् २०२३ मा Excellence in POS Acquiring -Associate Member अवार्ड प्राप्त गरेको थियो ।

VISA बाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने  बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

बैंक यसअघि पनि Infosys Finacle Innovation Awards 2026 अन्तर्गत Maximizing Customer Engagement’विधामा Platinum Award र Indian Chamber of Commerce द्वारा आयोजित Fourth Emerging Asia Banking Conclave and Awards 2026  मा ‘Best Performance on Risk ManagementÚ’ लगायत अन्य अन्तराष्ट्रिय पुरष्कारहरु द्वारा सम्मानित भएको छ ।

You might also like

Comments are closed.

Secret Link