मेलम्ची खानेपानी आयोजना पुनः संकटमा

काठमाडौं, ३ पुस । इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजना छाड्ने घोषणा गरेसँगै मेलम्ची खानेपानी आयोजनामा पुनः संकट देखापरेको छ । सिएमसीले यो घोषणासँगै केही महिनाभित्रै मेलम्चीको पानी पिउने उपत्यकाबासीको सपना पूरा नहुने भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

सो ठेकेदार कम्पनीका प्रतिनिधिले आर्थिक अभाव भएको कारण देखाउँदै मेलम्ची छाड्ने घोषणा गरेको हो । सो कम्पनीले बाँकी रहेको आयोजनाको काम गर्न नसक्ने बेहोराको पत्र आइतबार मेलम्ची आखनेपानी आयोजनामा बुझाउन खोजेको थियो । तर आयोजना अधिकारीले सो पत्र बुझ्न मानेनन् ।

You might also like

Comments are closed.