राजु गुरुङको सालैजोमा झुमे दर्शक

पोखरा २९ पुस ।

पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको महोत्सवमा दर्शकको चाप वढ्दो छ । महोत्सवको तेश्रो दिन सम्म आइपुग्दा उल्लेख्य दर्शकले सहभागीता जनाइरहेका छन । आइतबार महोत्सवमा चर्चित लोकदोहोरी गण्डकी प्रदेशमा ख्याति प्राप्त सालैजो गीतका गायक राजु गुरुङको सालैजो प्रस्तुतीमा दर्शकलाई झुमेका थिए ।

स्टेज चढ्ना साथ ज्याग्दी रयाले घरमा दिल छैन, तिम्रो मायाले भन्ने बोलको गीतबाट गीत गाउन सुरु गरेका गुरुङले बसेर खाउली भन्ने गीत गाउदै तीते करेलीले भन्ने गीत गाउदा दर्शकहरु बसेको ठाउबाट उठेर नाचेर साथ दिए ।
त्यस लगतै चर्चित सालैजो फुलको थुङ्गा फेवातालमा डुङ्गा बोलको गीत गाउदा महोत्सवको माहोल चर्किएको थियोभने उपस्थित दर्शकहरु झुमेर नाचेका थिए । महोत्सवमा आइतबार लोकदोहोरी तर्फ प्रजापति पराजुली, शिवहरी ढुंगाना, घनश्याम रिजाल, जीवन दाहाल, केशव देवकोटा, प्रेमराज अधिकारी, सरला पाण्डे, जुना क्षेत्री, मन्जु बिकको प्रस्तुती रहेको थियो । प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगितामा लम्जुङ र कास्की बिचको दोहोरी घम्साघम्सीमा कास्की विजयी भइ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

महोत्सवमा सहभागी संगै लेखनाथको पचभैयामा निर्माणधीन जुलोजिकल पार्क अवलोकनको लागी जानेको लर्को लागेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले महोत्सव स्थलबाट जंगलको झल्को दिने गरी सिंगार पटार गरिएको बसबाट आइतबार मात्र ७० जनाले निशुल्क जुलोजिकल पार्कको अवलोकन गरि फर्केको यातायात ब्यवस्थापन उपसमिती संयोजक श्याम कृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा विशेष गरी कृषि, दैनिक उपभोग्य सामाग्री तथा जाडो यामका सामाग्रीहरुको बिक्री वितरण उल्लेख्य मात्रामा भएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी लाइभ कन्सर्ट तर्फ अन्तराष्ट्रिय ख्याती प्राप्त ब्याण्ड पुष्पन प्रधानको ब्याण्डको प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्यो ।
महोत्सवको बिहानी संस्करणमा तरेली सांस्कृतिक परिवारको सांस्कृतीक नृत्य रहेको थियोभने महोत्सवमा आइतबार गुरुङ संस्कृतीमा प्रचलित रोधीलाई सल्यान खनडांडा टाँउ घरेडी तमु समाजले प्रत्यक्ष प्रदर्शन गरेको सांस्कृती ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा सोमबार बद्री पंगेनी, जीवन दाहाल, रामजी पौडेल, करन तामाङ, पार्वती जिसी, सविना गुरुङ, मीना श्रीष, विश्चल दवाडी लगायतको प्रस्तुती रहने छभने लाइभ कन्सर्टतर्फ लोक ब्याण्ड प्रश्न र ख्यातिप्राप्त ब्याण्ड मंकी टेम्पलको प्रस्तुती रहने छभने हास्यब्यङ्ग्य तर्फ अर्जुन (पाँडे) र कुमार (जिग्री)को पस्तुती रहने छ । झांकी प्रदर्शनी तर्फ रामबजार पुन समाजको मौलिक सोरठी नृत्यको प्रत्यक्ष प्रस्तुती रहने छ ।

You might also like

Comments are closed.