पोखरा, २१ माघ ।
पोखरा रामबजारका बबी साई आहा ! रारा गोल्डकप महापण्डित बनेका छन् । फुटवलको फिवर बढाउन रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आयोजना गरेको गोल्डकप महापण्डित कार्यक्रम अन्तर्गत अन्तिम दिन सोधिएको यस वर्षको आहा रारा गोल्ड कपको उपाधि कसले चुम्ला ? भन्ने प्रश्नको सहि उत्तर दिनेमध्ये आइतबार विहान गरिएको लक्की ड्र बाट रिजनल कलेज अफ हेल्थ साईन्स एण्ड टेक्नोलोजी क्याम्पसमा पिसिएल तहको मेडिकल ल्याबोरटोरी विषयमा अध्ययनरत रामबजार निवासी साई बिजेता बनेका हुन् ।
बिजेता साईलाई आइतबार एक कार्यक्रमका बिच गोल्डकप महापण्डित उपाधिसहित डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड प्लाजा न्यूरोडको तर्फबाट २२ ईन्चको एलजि एलईडी कलर टिभि प्रदान गरिएको छ । रेडियोको दिवाकालिन कार्यक्रम ‘पोखरा कल इन’ मा प्रत्यक्ष प्रशारणसहित रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ ‘सुरज’, महासचिव विश्वराज बराल, बम्पर उपहार प्रायोजक डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड प्लाजाका मार्केटिङ अफिसर सुवास पंगेनी, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बिजेता साईलाई टिभी हस्तान्तरण गरेका हुन् ।
टिभी प्राप्त गरेपछि गोल्डकप महापण्डितको बम्पर उपहार बिजेता बबी साईले जिवनमै पहिलोपटक उपहार जित्दा खुशीको सिमा नरहेको बताए । शुरुमा टिभी बिजेता बनेको खबर सुन्दा पत्यार नलागेको अनुभव सुनाउँदै उनले भने,‘रेडियोबाट फोन गरेर मोवाइल बिजेता बनेको सुनाउँदै बधाई दिदा शुरुमा त पत्यार लागेन, अनि आमालाई सुनाएँ, आमाले पनि पत्याउनु भएन, तर पछि रेडियोको समाचार सुनेपछि मात्र विश्वस्त भएँ ।’ उनले आफूले जितेको टिभी आमाको कोठामा राख्ने बताए ।
आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखराका बरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ ‘सुरज’ले रेडियो अन्नपूर्णको आहा ! रारा गोल्डकप महापण्डित कार्यक्रम आहा ! रारा गोल्डकप प्रचारको सबैभन्दा सशक्त माध्यम भएको बताए ।
बम्पर उपहार प्रायोजक डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड प्लाजाका मार्केटिङ अफिसर सुवास पंगेनीले सामाजिक काम र एलजी टिभिसहित डिजिटल साउण्ड एण्ड भिजनको प्रचारप्रसार एकैपटक गर्ने माध्यम रेडियो अन्नपूर्णको गोल्डकप महापण्डित कार्यक्रम भएको बताए ।
रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले आहा ! रारा गोल्डकप सम्पूर्ण पोखरेलीको गौरबको विषय भएकाले त्यसलाई सघाउन रेडियोले हरेक वर्ष गोल्डकप महापण्डित गर्दै आएको बताए । उनले आगामी दिनमा पनि गोल्डकप महापण्डित कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यस वर्ष सहकार्य गर्ने डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड, दैनिक मोवाइल प्रायोजक सेभेन बि फोनजोन बुद्धबिशाल बजार, आहा ! रारा गोल्डकपको आयोजक सहारा क्लव पोखरासहित रेडियोका श्रोता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिए ।
यसअघी रेडियोले हरेक दिन एउटा प्रश्न सोधेर सहि उत्तर पठाउने मध्ये लक्की ड्र बाट एक जना बिजेता घोषणा गरी फोनजोन बुद्धबिशालबजारको तर्फबाट एक थान मोवाइल प्रदान गरेको थियो । जस अन्तर्गत पहिलो दिन पूर्णचन्द्र भुषाल, दोश्रो दिन दिनेश राना, तेश्रो दिन रणभिर पौडेल, चौथो दिन भीमबहादुर मगर, पाचौं दिन पूर्णचन्द्र भुषाल, छैटौं दिन हर्क गुरुङ, सातौं दिन नारायण भुषाल, आठौं दिन सागर पौडेल, नवौं दिन राजेन्द्रप्रसाद भट्टराई र दशौं दिन सुनिल भुषाल बिजेता बनेका थिए ।








Comments are closed.