राष्ट्रपतिको आगमनका कारण सर्वसाधारणलाई सास्ती

पोखरा,२३ फागुन

राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनका कारण पोखरेली सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । राष्ट्रपति विन्ध्यवासिनी मन्दिर जाने बेला र मन्दिरबाट फुलवारी ब्यारेक फर्कने बेलामा पोखरेली सर्वसाधारणले सास्ती बेहोरेका हुन् । राष्ट्रपति आउने भएपछि पोखरामा विहानैदेखी सुरक्षा व्यवस्था कडा बनाइएको थियो । राष्ट्रपति पोखराको फुलवारीमा रहेको फुलवारी ब्यारेकमा झरेलगत्तै देखी राष्ट्रपति सवार हुने रुटमा सर्वसाधारणलाई सवारी सञ्चालनमा रोक लगाइएको थियो भने फर्कने बेलामासमेत सो रुटमा सर्वसाधारणलाई सवारी सञ्चालनमा रोक लगाइएको थियो । जसका कारण विभिन्न काम विशेषले हिंडेका सर्वसाधारण मारमा परेका थिए ।

राष्ट्रपति पूर्वाह्न ११ बजे नेपाली सेनाको हेलिकप्टर चढेर फुलवारी ब्यारेक आइपुगेकी थिईन् । उनलाई महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, भीमसेनटोल, मोहरियाटोलहुँदै विन्ध्यवासिनी मन्दिरमा पु¥याइएको थियो भने फर्कदापनि सोहि रुट प्रयोग गरिएको थियो । राष्ट्रपति भण्डारी पूर्वाह्न ११ः३० बजे विन्ध्यबासिनी मन्दिर पुगेकी थिईन् । उनले करीब १ सवा घण्टा मन्दिरमा बिताईन् । लिफ्टको समुद्घाटन गरेर सोहि लिफ्ट चढेर मन्दिर प्राङ्गण उक्लेकी उनले विन्ध्यवासिनी मन्दिरमा करीब ५ मिनेट पूजा गरिन् । पूजारीसमेत राखेर उनले आरती उतार्नुका साथै देश र जनताको भलोको कामना गर्दै पूजा गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

विन्ध्यवासिनी मन्दिरको पूजा गरेलगत्तै उनले विन्ध्यवासिनी मन्दिर प्राङगणकै पश्चिम पट्टी रहेको शिव मन्दिरमासमेत पूजा अर्चना गरेकी थिईन् । त्यसपछि करीब एक घण्टा लिफ्ट समुद्घाटन समारोहमा सहभागि भएर राष्ट्रपति भण्डारी १२ः४० मा फर्केकी थिईन् । राष्ट्रपति फुलवारी ब्यारेक पुगेर पुनः सेनाको हेलिकप्टर चढेर जिर्णोद्धार गरिएको मनकामना मन्दिरको समुद्घाटन गर्न गोरखाको कुरिनटार गईन् ।

You might also like

Comments are closed.