रोयलका सदस्यलाई ५ लाखको बीमा राहत हस्तान्तरण

पोखरा,७ फागुन

पोखरा रोयल सहकारी संस्थाले पोखरा महानगरपालिका वडा नं. १३ निवासी शेयर सदस्य स्व.असगर मियाकी धर्मपत्नी जोहमनमिसा मियालाई एक कार्यक्रमका बीच जीवन वीमा वापतको रु.५ लाख २५ हजार राहत रकम हस्तान्तरण गरेको छ । शेयर सदस्य असगर मियाले संस्थाको वित्तीय सेवा लिने क्रममा २०७५ आश्विन ९ गते सहकारी मार्फत नेशनल लाईफ ईन्स्योरेनस कम्पनी पोखरा शाखामा रु.५ लाख बराबरको लघु अमृत म्यादी वीमा गरेका थिए । मियाको वीमा गरेको १ महिनाको अवधिमा नै (२०७५ कात्र्तिक १० गते) आफ्नै निवासमा असामयिक निधन भएको हो ।

बीमा वापतको राहत रकम संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवराज ढकालले संयुक्त रुपमा स्व.असगर मियाँका धर्मपत्नीलाई प्रदान गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक भीम गुरुङले सहकारीले संस्थाको वित्तीय सुरक्षाको साथ साथै सदस्यहरुको जीवन सुरक्षाको लागि विभिन्न बीमा कम्पनीहरुसंग सहकार्य गरिरहेको बताउदै यो कार्यबाट थोरै भएपनि मृतकको परिवारलाई राहत मिलेको बताए ।

You might also like

Comments are closed.