लायन्सद्वारा विद्यालयमा पानी ट्याङकी निर्माण

पोखरा, २१ बैशाख
लायन्स क्लव अफ पोखरा लामाचौरले कास्कीको पुरुन्चौर वडा नम्वर १९ मा रहेको विन्ध्येश्वरी माध्यमिक विद्यालयमा पानी ट्याङकी निर्माण गरेको छ । २ सय ७५ विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा खानेपानी अभाव भएपछि क्लवले ट्याङकी निर्माण गरेको हो । तीन लाखको लागतमा तीन हजार लिटरको पानी ट्याङकी र छ वटा धारा निर्माण गरेको क्लबका अध्यक्ष सञ्जय लामाले जानकारी दिए ।

लायन्स पोखरा लामाचौरले निर्माण गरेको पानी ट्याङकीको पोखरा महानगरपालिका वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल, लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि वान का सचिव राम बसेल र क्लबका अध्यक्ष सञ्जय लामाले उद्घाटन गरे । उद्घाटनपछि बोल्दै वडा अध्यक्ष पौडेलले लायन्सले गरेको काम प्रसंशनीय रहेको बताउदै सामाजिक क्षेत्रमा लायन्सको सहयोग ठूलो रहेको बताए । विद्यालयका प्रधानाध्यापक, लायन्सका क्याविनेट सेके्रटरी राम बसेलले क्लबले गरेको काम उदारणीय रहेको बताए ।

कार्यक्रममा स्वागत लायन्स लामाचौरका प्रथम उपाध्यक्ष ज्ञानु लामाले गरेकी थिईन भने सञ्चालन सचिव हेमा खवासले गरेकी थिइन् । क्लबले आगामी दिनमा समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता क्लबका अध्यक्ष सञ्जय लामाले ब्यक्त गरे । विद्यालयमा खाने पानी नहुदाँ विद्यार्थीहरु पानी खान घर जानुपर्ने बाध्यता रहेको र पानी टयाङकी निर्माणसंगै उक्त अवस्थाको अन्त्य भएको क्लबका तृतिय उपाध्यक्ष सृजना कार्कीले जानकारी दिईन् ।

You might also like

Comments are closed.