लेखनाथ महोत्सवमा आमा समूहको सहयोग रहने

लेखनाथ,२७ पुस
माघ ११ गते देखि २२ गते सम्म कास्कीको तालचोकमा संचालन हुने प्रादेशिक औद्योगिक व्यापार मेलामा आमा समुहको सहयोग रहने भएको छ ।
“महोत्सव लेखनाथको सस्कृती स्थानिय उत्पादन विकास र संवृद्धी” भन्ने मुल नाराका साथ लेखनाथ उद्योग बाणिज्य संघको आयोजना गरिने १४ औ सस्करणको लेखनाथ महोत्सव सफल पार्न यस क्षेत्रका महिला तथा आमा समुहले सहयोग गने प्रतिबद्धता जनाएका हुन् ।

महोत्सवका सम्वन्धमा विहिवार राखिएको महिला तथा आमा समुहको भेलाले महोत्सव उद्घाटनका दिन आ–आफनो समुहबाट तुल ब्यानर सहित झाकीमा सहभागी हुने र महोत्सवको मुख्य आकर्षणको रुपमा राखिएको रत्यौली गीत प्रतियोगितामा टिम दर्ता गरि सहभागी हुन् आग्रह गरिएको थियो ।
रत्यौली गीत प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ३० हजार, द्धितियलाई १७ हजार, तृतियलाई १० हजार, सान्त्वना दुई टिमलाई ५÷५ हजार र सहभागी टिमलाई २÷२ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

महिला तथा आमा समुह परिचाल समन्वय उप समितिकी संयोजक जानुका अधिकारको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि भण्डारी, पुर्ब अध्यक्ष चतुराखर अधिकारी, पुर्ब अध्यक्ष एवं विशिष्ट सदस्य बावुराम गिरी, बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, कार्यसमितिका सदस्य कृष्ण प्रसाद ढुंगाना, महिला समन्वय समितिका संयोजक मेनुका श्रेष्ठ र मञ्च ब्यवस्थापन उप समितिका संयोजक राधा सापकोटा लगायतले महोत्सवलाई ब्यवस्थीत र प्रभावकारी बनाउन सवैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।

You might also like

Comments are closed.