वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । ललितपुर महानगरपालिका वडा नं. १३ मा अवस्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा कार्यक्रम गरेको हो ।

सो कार्यक्रमा प्रधानाध्यापक पुष्पराज जोशी, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सहायक महाप्रबन्धक अर्चना प्रधान, अनुपलना अधिकृत, संस्थाका अन्य कर्मचारी तथा शिक्षक, विद्यार्थी लगायत सहभागी थिए ।

यस वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्नेे तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइहेको छ । संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बंैकिङ जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

lcci
You might also like

Comments are closed.