सिटी मन्टेश्वरीमा समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । समृद्धि फाइनान्सले काठमाडौंको अनामनगरमा रहेको सिटी मन्टेश्वरीका शिक्षक, कर्मचारी बीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

फाइनान्सका नायव प्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले बैङ्किङ प्रणालीको आवश्यकता र महत्व, वचत गर्ने बानिको बिकास, महत्व, बैङ्किङ प्रणालीबाट प्रदान हुने सुविधाहरु र बैङ्किङ प्रणाली सेवा लगायतका विषयमा सहजिकरण गरेका छन् ।

मन्टेश्वरीकी प्रिन्सिपल पुष्पा रिजालले शिक्षक तथा कर्मचारीबीच राखीएको यस कार्यक्रमले बैङ्किङ प्रणाली सम्बन्धी धेरै जानकारी मिलेको बताइन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैङ्किङ र मोवाइल बैङ्किङ, डेबीट कार्ड, क्यू आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.